मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
पर्यटन

साउन सोमबारको अवसरमा पशुपति क्षेत्र विकास कोषद्वारा नि:शुल्क बस सेवा र मारवाडी समाजद्वारा भोजनको व्यवस्था

स
समाचार कक्ष
२०२५ जुलाई २१
4
0
साउन सोमबारको अवसरमा पशुपति क्षेत्र विकास कोषद्वारा नि:शुल्क बस सेवा र मारवाडी समाजद्वारा भोजनको व्यवस्था
सारांश
५ साउन, काठमाडौं — साउन महिनाको पहिलो सोमबारको अवसरमा पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सुविधाका लागि विशेष प्रबन्ध गरेको छ। कोषले साउने सोमबार ...

५ साउन, काठमाडौं — साउन महिनाको पहिलो सोमबारको अवसरमा पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सुविधाका लागि विशेष प्रबन्ध गरेको छ। कोषले साउने सोमबार पशुपतिनाथ मन्दिर पुग्ने भक्तजनका लागि नि:शुल्क बस सेवा उपलब्ध गराएको हो।

चार वटा बसको व्यवस्था गरिएको यस सेवाले काठमाडौंको चक्रपथ परिक्रमा गर्नेछ, र यात्रुबाट कुनै पनि भाडा नलिइने कोषले जानकारी दिएको छ। यो सेवा साउन महिनाका चारै सोमबार सञ्चालनमा रहनेछ।

त्यस्तै, पशुपति आउने भक्तजनका लागि मारवाडी समाजले नि:शुल्क भोजनको व्यवस्था गरेको छ। यो सुविधा सोमबार मात्र नभई अन्य दिनहरूमा पनि निरन्तर जारी रहने समाजले जनाएको छ।

हिन्दू धर्मअनुसार साउन महिनाको प्रत्येक सोमबारलाई भगवान् शिवको प्रिय दिन मानिन्छ, जस अवसरमा श्रद्धालुहरु व्रत बस्ने र पूजाआराधनामा जुट्ने गर्छन्। आजको पहिलो साउन सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड देखिएको छ।

दर्शन प्रक्रिया सहज बनाउन पशुपतिनाथ मन्दिरका चारैवटा मूल प्रवेशद्वार बिहान ३ बजेदेखि खुला गरिएको थियो। कोषले आज दिनभरमा करिब पाँच लाख भक्तजनले मन्दिरमा प्रवेश गरी दर्शन गर्ने अनुमान गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार