मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
राजनीति

मतदानका लागि कांग्रेसले थप्यो दुई घन्टा समय

meronepaltv
meronepaltv
1 दिन अगाडि
12
0
मतदानका लागि कांग्रेसले थप्यो दुई घन्टा समय
सारांश

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। यसअघि दिउँसो ३ बजेसम्मका लागि नि...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदान समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको हो।

एक जना प्रतिनिधिलाई मतदान गर्न कम्तीमा आधा घण्टा लाग्ने र मतदान केन्द्रमा लामो लाइन भएपछि समय थप गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयनका लागि २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लामो भएको हो।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार