मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ

सरकार वातावरणमैत्री सडक पूर्वाधार निर्माणमा प्रतिबद्ध : मन्त्री दाहाल

स
समाचार कक्ष
२०२५ जुलाई १८
3
0
सरकार वातावरणमैत्री सडक पूर्वाधार निर्माणमा प्रतिबद्ध : मन्त्री दाहाल
सारांश
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले वातावरणमैत्री र समावेशी सडक संरचना निर्माणमा विशेष ध्यान दिइरहेको बताएका छन्।...

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले वातावरणमैत्री र समावेशी सडक संरचना निर्माणमा विशेष ध्यान दिइरहेको बताएका छन्।

पूर्वाधार विकास समितिको आज बसेको बैठकमा बोल्दै मन्त्री दाहालले संविधान र मन्त्रालय दुवैले अपाङ्गमैत्री र वातावरणमैत्री सडक विकासलाई प्राथमिकतामा राखेकाले त्यहीअनुसार काम अगाडि बढाइएको जानकारी दिए।

उनका अनुसार मन्त्रालयले लिफ्ट जडान, आकाशे पुल निर्माण लगायतका परियोजनामा योजनाबद्ध ढंगले काम गरिरहेको छ। मन्त्री दाहालले आधुनिक प्रविधियुक्त लिफ्ट जडानका लागि दातासँग प्रस्तावसमेत पेश गरिएको बताए।

सडक विस्तारका क्रममा कतिपय स्थानमा मुआब्जा दिन सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनले काम अघि नबढिरहेको अवस्थामा समितिसँगको छलफल सकारात्मक रहेको धारणा राखे।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार