मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ

गेटा मेडिकल कलेज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा सञ्चालनमा आउने: मन्त्री पौडेल

स
समाचार कक्ष
२०२५ अगस्ट २१
7
0
गेटा मेडिकल कलेज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा सञ्चालनमा आउने: मन्त्री पौडेल
सारांश
काठमाडौँ, भदौ ५ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि अलपत्र रहेको गेटा मेडिकल कलेज छिट्टै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्...

काठमाडौँ, भदौ ५ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि अलपत्र रहेको गेटा मेडिकल कलेज छिट्टै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा सञ्चालनमा आउने बताएका छन्।

बिहीबार नेपाल प्रेस युनियन, कैलालीद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले विश्वविद्यालय सञ्चालनका लागि अब कुनै कानुनी वा प्रशासनिक अवरोध नरहेको प्रष्ट पारे। उनले सरकार यस परियोजनालाई राष्ट्रिय आवश्यकताका रूपमा लिएर दृढतापूर्वक अघि बढिरहेको बताए।

मन्त्री पौडेलका अनुसार, संसदबाट सम्बन्धित विधेयक पारित भइसकेको छ भने अब संरचना निर्माण र पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढिरहेको छ।

“अहिले मुलुकका छवटै प्रदेशमा मेडिकल कलेजहरू सञ्चालनमा छन्, तर एक प्रदेश अझै बाँकी छ, जुन हाम्रो जिम्मेवारी अन्तर्गत पर्छ,” मन्त्री पौडेलले भने।

उनले अतीतमा संघीय र प्रादेशिक सरकारबीचको अधिकारसम्बन्धी विवादका कारण गेटा मेडिकल कलेजको प्रक्रिया ढिलो भएको स्वीकार गरे। “हामीले ३०० शैय्याको अस्पताल विस्तार गरी मेडिकल कलेज सञ्चालनको योजना बनाएका थियौं, तर अधिकारसम्बन्धी विवादले त्यसको कार्यान्वयन रोकियो,” उनले भने। “अब गेटालाई विवाद होइन, जनताको स्वास्थ्य अधिकार र पूर्वाधारका रूपमा हेरिनुपर्छ।”

मन्त्री पौडेलले गेटा मेडिकल कलेजलाई आफ्नो प्राथमिक परियोजनाको रूपमा अघि सारेका छन् र कार्यकालभित्रै पूर्ण रूपमा सञ्चालनमा ल्याउने दृढता व्यक्त गरे।

उनले गेटा अस्पतालमा आफैंले चासो देखाएपछि सेवा लिने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको जानकारी पनि दिए। “पहिले दैनिक ५० जना बिरामी आउँथे, अहिले ३०० जना उपचारका लागि आउने गरेका छन्,” मन्त्री पौडेलले जानकारी दिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार