Wednesday, August 26, 2026

शुक्लाफाँटा निकुञ्जमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजीमा प्रहरी र सेना परिचालन


कञ्चनपुर, ४ साउन — कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। आइतबार बिहान करिब ११ बजेदेखि उनीहरूसँग सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन महिलाहरूको खोजीका लागि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम विष्टका अनुसार भीमदत्त नगरपालिका–१९ बागफाँटाका ती महिलाहरूको खोजी कार्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र तीव्र पारिएको छ।

प्रहरीका अनुसार सम्पर्कविहीन महिलाहरू निकुञ्जको मालुमेला पोस्ट हुँदै जंगल प्रवेश गरेका थिए। उनीहरूमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार रहेका छन्।

उनीहरूसँगै निकुञ्ज प्रवेश गरेका अन्य तीन जनाले परिवारसँग सम्पर्क गरेपछि प्रहरीले उनीहरूको सकुशल उद्धार गरेको जनाएको छ। बाँकी १४ जनाको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like