- by समाचार कक्ष
- Mar 06, 2025
रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन्। अर्थ मन्त्रालयका अनुसार भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारीको अवस्था सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।
रसुवागढी भन्सार कार्यालयमा ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ। त्यस्तै, चार जना करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेकोमा एक जना सम्पर्कमा आएका छन्।
सम्पर्कमा नआएका ११ जना स्थायी कर्मचारी र तीन जना करार तथा ज्यालादारी कर्मचारी गरी १४ जनाको खोजी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ।
रसुवामा आएको भीषण बाढीका कारण टिमुरे तथा रसुवागढी क्षेत्रमा ठूलो क्षति भएको छ। यससँगै भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरूको अवस्थाबारे पनि खोजी र विवरण संकलन भइरहेको छ।
सम्बन्धित निकायले सम्पर्कमा नआएका कर्मचारीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गरिरहेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ।