- by समाचार कक्ष
- Mar 06, 2025
सप्तरीको बोदेबर्साईन नगरपालिका-५ स्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्पमा कार्यरत हवल्दार जितेन्द्र कुमार यादवको निधन भएको छ।
प्राप्त जानकारीअनुसार यादव आइतबार राति करिब ३ बजेतिर शौचालयतर्फ जाँदै गर्दा लडेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उक्त जानकारी सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले दिएका हुन्।
सशस्त्र प्रहरीका अनुसार मृतक यादव उच्च रक्तचापबाट पीडित थिए। उनी बारा जिल्लाको पचरौता नगरपालिका–८ का स्थायी बासिन्दा थिए।
घटनाको विस्तृत कारण खुलाउन थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।