Saturday, May 2, 2026

“सुकुम्वासीमाथि युद्ध अपराधीजस्तो व्यवहार” : गगन थापाको सरकारमाथि कडा प्रहार


काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले सुकुम्वासीप्रति देखाएको व्यवहारप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले राज्यले सुकुम्वासीलाई युद्ध अपराधीजस्तै व्यवहार गरेको आरोप लगाए।

नेपाल ट्रेड युनियनको एक कार्यक्रममा बोल्दै थापाले वास्तविक सुकुम्वासीको पहिचान नगरी अन्धाधुन्ध रूपमा डोजर प्रयोग गरिएको भन्दै आपत्ति जनाए। उनका अनुसार, नदी किनार क्षेत्रमा बसोबास गर्ने सबै व्यक्ति सुकुम्वासी नभई केहीले राज्यलाई छल गरेर बसोबास गरिरहेको पनि हुन सक्छन्।

थापाले यस्ता व्यक्तिहरूलाई कानुनी प्रक्रियाअनुसार पहिचान गरी आवश्यक कारबाही गर्नुपर्ने उल्लेख गरे। तर, वास्तविक सुकुम्वासीलाई लक्षित गर्दै बलपूर्वक हटाउने कार्य उचित नभएको उनको भनाइ छ।

उनले सरकारलाई कानुनको दायराभित्र रहेर व्यवस्थित र न्यायपूर्ण ढंगले सुकुम्वासी समस्या समाधान गर्न आग्रह गरेका छन्।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like