इरानी विदेशमन्त्री अराघचीको मस्कोमा प्रशंसा: ‘पाकिस्तानले अमेरिका-इरान वार्तामा महत्वपूर्ण भूमिका खेल्यो’
-
By
समाचार कक्ष
-
Apr Mon, 2026
-
in
समाचार
इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानले इरान–अमेरिका वार्तामा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन्। २४ घण्टाको अन्तरालमा पाकिस्तानको इस्लामावाद भ्रमण सकेर सोमबार रुसको राजधानी मस्को पुगेका उनले सेन्ट पिटर्सबर्गमा उक्त धारणा व्यक्त गरेका हुन्।
अराघचीले पाकिस्तानमा आफ्ना समकक्षीहरूसँग भएका छलफलहरू सकारात्मक र सफल भएको बताए। उनले हालसम्म भएका कूटनीतिक प्रगतिहरूको समीक्षा गर्दै आगामी वार्तालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि गहिरो छलफल भएको जानकारी दिए।
“हामीले अहिलेसम्म भएका प्रयासहरूको समीक्षा गर्यौं र भविष्यमा वार्ता कुन ढंग र सर्तमा अघि बढाउन सकिन्छ भन्ने विषयमा पनि विचार आदानप्रदान गर्यौं,” उनले भने।
रुस भ्रमणका क्रममा उनले रुसी पक्षसँग जारी द्वन्द्वसँग सम्बन्धित अवस्थाबारे पनि छलफल भएको उल्लेख गरे। उनका अनुसार दुवै पक्षबीच क्षेत्रीय परिस्थिति र आवश्यक सहकार्यका विषयमा पनि विचारविमर्श भएको छ।