Thursday, April 30, 2026

भीष्मराज आङ्देम्बे कांग्रेस संसदीय दलको नेता बन्ने तयारीमा, आजै अनुमोदनको सम्भावना


नेपाली कांग्रेसले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गर्ने तयारी गरेको छ। पार्टीभित्र चरणबद्ध छलफलपछि उनको नाममा सहमति जुटेको बताइएको छ।

दलको नेता चयनलाई सहमतिमै टुंग्याउन कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वमा समिति गठन गरेको थियो। सोही समितिले आङ्देम्बेको नाममा सहमति जुटाएर सभापति गगन थापासमक्ष सिफारिस गरिसकेको एक पदाधिकारीले जानकारी दिएका छन्।

ती नेताका अनुसार आजै बस्ने सांसदहरूको बैठकमा उक्त नाम प्रस्तुत गरी औपचारिक रूपमा अनुमोदन गर्ने तयारी छ।

यस पदका लागि आङ्देम्बेसँगै अर्जुननसिंह केसी र मोहन आचार्यले पनि दाबी प्रस्तुत गरेका थिए।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like