- by समाचार कक्ष
- Mar 06, 2025
सरकारले इजरायलमा भएको घटनामा ज्यान गुमाएका विपिन जोशीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहयोग प्रदान गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै जोशी अध्ययनका लागि इजरायल गएका बेला गाजामा भएको घटनामा परी मृत्यु भएको जानकारी दिए।