- by समाचार कक्ष
- Mar 06, 2025
२ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने छ ।
पार्टी सचिव भानुभक्त ढकालका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचनको समीक्षा र तयारी, साथै पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकको तयारीबारे विस्तृत छलफल गरिने छ ।
एमालेले दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने तय गरेको छ । उक्त बैठकले पार्टीको आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक रणनीतिमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।