- by समाचार कक्ष
- Mar 06, 2025
२१ पुस, काठमाडौं । थाइल्यान्डबाट गाँजा बोकेर आएका एक भारतीय नागरिकसहित गाँजा रिसिभ गर्न आएका अर्का दुई भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा ३० वर्षीय पदला भनिने भीरा भेन्कता सुब्रमन्यम, अब्दुल राहुफ र यासिन अब्दुल्ला रहेका छन् । पदलालाई १ किलो ५३० ग्राम गाँजासहित विमानस्थलको आवगमन टनेलबाट नियन्त्रणमा लिइएको हो । उनी थाई एयरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए ।
उनले ल्याएको गाँजा लिन विमानस्थल पुगेका अब्दुल राहुफ र यासिन अब्दुल्लालाई पनि सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।