- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौँ। भक्तपुरस्थित मनोहरा खोला किनार क्षेत्रमा रहेका सुकुम्बासी बस्ती तथा अतिक्रमित संरचनाहरू हटाउने कार्य सुरु गरिएको छ। शनिबार स्थानीयसँग तनाव र ढुङ्गामुढा भएको स्थानबाटै आइतबारदेखि डोजर प्रयोग गरी हटाउने प्रक्रिया अघि बढाइएको हो।
बस्ती खाली गराउन पुगेको टोलीमाथि शनिबार साँझ स्थानीयले ढुङ्गामुढा गरेपछि स्थिति केहीबेर तनावग्रस्त बनेको थियो। त्यसपछि सुरक्षाकर्मीको उपस्थितिमा पुनः अभियान सञ्चालन गर्दै डोजर परिचालन गरिएको हो।
यसअघि डोजरसहितको टोलीले गैह्रीगाउँ क्षेत्रको सुकुम्बासी बस्ती खाली गराइसकेको थियो। त्यसपछि मनोहरा नदी किनार क्षेत्रमा पुगेर अतिक्रमित संरचना हटाउने कामलाई निरन्तरता दिइएको जनाइएको छ।
स्थानीयको विरोधबीच प्रशासनले नदी किनार अतिक्रमण हटाउने अभियानलाई कडाइका साथ अघि बढाएको छ।