मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

यूएईको अवस्थाबारे हल्ला नफैलाउन दूतावासको कडा चेतावनी

स
समाचार कक्ष
२०२६ मार्च १
7
0
यूएईको अवस्थाबारे हल्ला नफैलाउन दूतावासको कडा चेतावनी
सारांश
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई)मा विकसित पछिल्लो घटनाक्रमबारे अपुष्ट भिडियो, तस्बिर तथा भ्रामक सामग्री सामाजिक सञ्जालमा नफैलाउन अबुधाबीस्थित नेप...
काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई)मा विकसित पछिल्लो घटनाक्रमबारे अपुष्ट भिडियो, तस्बिर तथा भ्रामक सामग्री सामाजिक सञ्जालमा नफैलाउन अबुधाबीस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

दूतावासले सार्वजनिक अपिल जारी गर्दै हाल यूएईमा विकसित परिस्थितिसम्बन्धी अज्ञात स्रोतबाट प्राप्त सामग्री सामाजिक सञ्जाल वा अन्य प्राविधिक माध्यममार्फत प्रकाशन तथा प्रसारण नगर्न नेपाली समुदायलाई सचेत गराएको हो। सुरक्षा अवस्थाबारे भ्रम सिर्जना हुने खालका सन्देश प्रवाह नगर्न विशेष अनुरोध गरिएको छ।

अपिलमा यूएईमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीलाई यस्ता गतिविधिबाट टाढा रहन भनिएको छ। त्यस्ता कार्य यूएईको कानुनअनुसार दण्डनीय हुन सक्ने भन्दै त्यहाँका आधिकारिक निकायले समेत चेतावनी जारी गरिसकेको दूतावासले उल्लेख गरेको छ।

साथै, विकसित अवस्थाबारे सही र आधिकारिक जानकारीका लागि यूएई सरकारका सम्बन्धित निकायले सार्वजनिक गर्ने सूचनामात्र अनुसरण गर्न आग्रह गरिएको छ। आवश्यक परे दूतावासले उपलब्ध गराएको सम्पर्क माध्यममार्फत जानकारी लिनसमेत अनुरोध गरिएको छ।

दूतावासले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार र सतर्क बन्न सबै नेपालीमा अपिल गरेको छ।
साझा गर्नुहोस्:

सम्बन्धित समाचार