मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

यू-१६ इस्ट जोन कप विजेता सुशील रावलको अपिल : "खादा होइन, आर्थिक सहयोग चाहिएको छ"

स
समाचार कक्ष
२०२५ जुलाई ११
3
0
यू-१६ इस्ट जोन कप विजेता सुशील रावलको अपिल : "खादा होइन, आर्थिक सहयोग चाहिएको छ"
सारांश
एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेर फर्किएका नेपाली टोलीका खेलाडी सुशील रावल ले आफूप्रति हुने स्वागत-सम्मानभन्दा आर्थिक सहयोग लाई प्राथमिकता...

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेर फर्किएका नेपाली टोलीका खेलाडी सुशील रावलले आफूप्रति हुने स्वागत-सम्मानभन्दा आर्थिक सहयोगलाई प्राथमिकता दिन सार्वजनिक अपिल गरेका छन्।

मलेसियामा सम्पन्न प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन भूमिका खेलेका रावल हाल काठमाडौँमा छन् र आज दिउँसो गृहजिल्ला कञ्चनपुर फर्किँदै छन्। धनगढीको लागि दिउँसो २ बजेको टिकट लिइसकेका उनले घर जानुअघि सामाजिक सञ्जालमार्फत् आर्थिक सहयोगको आग्रह गरेका हुन्।

उनको स्थायी बसोबास कञ्चनपुरको शुक्लाफाँटा–५ गर्जमुनीमा भए पनि उनी बझाङबाट छनोट भएर प्रतियोगितामा सहभागी भएका थिए। आगामी २–३ महिनामा हुने यू-१९ नेसनल टिमको छनोटका लागि तयारी गर्न भारत जानुपर्ने भएकाले उनलाई करिब १ लाख रुपैयाँको आवश्यकता परेको छ।

रावलले भनेका छन्, "आर्थिक अवस्था कमजोर छ भनेर लुकाउनु छैन। मलाई खादा, माला वा प्रमाणपत्रभन्दा अहिले आर्थिक सहयोग अत्यावश्यक छ। कृपया त्यसलाई प्राथमिकता दिनुहोला।"

उनले अपिलमा थप लेखेका छन्, "सफल बनाउने पालो अब तपाईंहरूको हो। साथ, सहयोग र मायाका लागि धेरै धन्यवाद।"

रावलको अपिलसँगै आर्थिक सहयोग संकलनको पहल पनि सुरु भइसकेको छ। उनीजस्ता प्रतिभाशाली खेलाडीको भविष्य सुनिश्चित गर्न राज्य र समाज दुबैले गम्भीर ध्यान दिनुपर्ने समय आएको देखिन्छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार