मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित, दाबी विरोध र बन्दसत्रको कार्यतालिका प्रभावित

admin
admin
3 दिन अगाडि
8
0
 वर्षाले कांग्रेस महाधिवेशन प्रभावित, दाबी विरोध र बन्दसत्रको कार्यतालिका प्रभावित
सारांश

नेपाली कांग्रेसको १५औँ महाधिवेशन वर्षाका कारण प्रभावित भएको छ। पदाधिकारीसहित विभिन्न पदका उम्मेदवारविरुद्ध दाबी विरोध चलिरहेका बेला वर्षा भए...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन वर्षाका कारण प्रभावित भएको छ। पदाधिकारीसहित विभिन्न पदका उम्मेदवारविरुद्ध दाबी विरोध चलिरहेका बेला वर्षा भएपछि निर्वाचनस्थल र बन्दसत्रस्थलमा रहेका महाधिवेशन प्रतिनिधि तथा समर्थकहरू तितरबितर भएका छन्।

निर्वाचन समितिले बिहान प्रारम्भिक उम्मेदवार नामावली सार्वजनिक गरेपछि दाबी विरोध प्रक्रिया सुरु भएको थियो। तर वर्षाका कारण प्रक्रिया प्रभावित भएको छ। यस्तै, बन्दसत्रसमेत अझै सुरु हुन सकेको छैन।

आज बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित गर्ने, निर्वाचन प्रक्रिया अघि बढाउने तथा बिहीबार हुने मतदानको तयारी गर्ने कार्यतालिका रहेको छ।

महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४, महामन्त्री ३, सहमहामन्त्री १५ र कोषाध्यक्ष १ गरी २४ पदाधिकारी रहने व्यवस्था छ। तीमध्ये सहमहामन्त्री ४ र कोषाध्यक्ष १ जना सभापतिले मनोनीत गर्ने भएकाले १९ पदमा निर्वाचन हुँदैछ।

निर्वाचन समितिका अनुसार १९ पदका लागि ७९ जनाको उम्मेदवारी परेको छ। सभापति पदमा गगन थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको तथा महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ। दुवै जना हाल पार्टीका उपसभापति हुन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार