मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

विवाह समारोहमै रगतपात: चक्कु प्रहारबाट युवकको ज्यान गयो, दुई पक्राउ

स
समाचार कक्ष
२०२६ अप्रिल २२
8
0
विवाह समारोहमै रगतपात: चक्कु प्रहारबाट युवकको ज्यान गयो, दुई पक्राउ
सारांश
धनगढी । कञ्चनपुरमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पुनर्वास नगरपालिका–५ भानुबस्तीका १८ वर्ष...

धनगढी । कञ्चनपुरमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पुनर्वास नगरपालिका–५ भानुबस्तीका १८ वर्षीय उज्जल सायरमाथि आक्रमण गरी हत्या गरेको आरोपमा सोही क्षेत्रका २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनीहरूले आफन्त नाता पर्ने नरेश खातीको विवाह समारोहमा सहभागी भइरहेका बेला सायरमाथि चक्कु प्रहार गरेका थिए, जसबाट उनी गम्भीर घाइते भएका थिए।

घाइते सायरलाई तत्काल उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार