मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

विश्वासको मत लिन प्रदेशसभामा मुख्यमन्त्री यादव, सत्ता पक्ष ढुक्क विपक्षी आक्रामक

स
समाचार कक्ष
२०२६ मे १५
7
0
विश्वासको मत लिन प्रदेशसभामा मुख्यमन्त्री यादव, सत्ता पक्ष ढुक्क विपक्षी आक्रामक
सारांश
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । यसका लागि बिहान ११ बजे प्रदेशसभा बैठक बोलाइएको...

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । यसका लागि बिहान ११ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठकमै मुख्यमन्त्री यादवले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको छ । जनमत पार्टीले गत वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन बाध्य भएका हुन् ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा नेपाल र नेकपा लगायत दलहरूको समर्थन कायम रहेकाले मुख्यमन्त्रीले सहज रूपमा विश्वासको मत प्राप्त गर्ने दाबी गरिएको छ । तर विपक्षी दलहरूले भने सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आलोचना गरिरहेका छन् ।

हाल मधेश प्रदेशसभामा १०१ सदस्य कायम छन् । प्रदेशसभामा एमालेका २४, कांग्रेसका २२, नेकपाका १५, जनमतका १२ तथा जसपा र लोसपाका गरी २६ सांसद रहेका छन् । साथै नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका एक–एक सांसद छन् ।

यसअघि प्रदेशसभामा १०७ सदस्य रहे पनि केही सांसद निलम्बन तथा राजीनामाका कारण संख्या घटेको हो । लोसपाका अभिराम शर्मा, जसपाका सरोजसिंह कुशवाहा र राप्रपाकी कञ्चन बिच्छा निलम्बनमा छन् भने जनमतका सतिशकुमार सिंह, नेकपाका भरतप्रसाद साह र रहवर अनसारी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि प्रदेशसभा सदस्यबाट बाहिरिएका थिए ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल सम्पन्न भएपछि आजै मतदान प्रक्रिया अघि बढाइने प्रदेशसभा सचिवालयले जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार