मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

३६ वर्षपछि झापाका २६ परिवारले पाए आफ्नै नामको लालपुर्जा

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर २९
9
0
३६ वर्षपछि झापाका २६ परिवारले पाए आफ्नै नामको लालपुर्जा
सारांश
झापाको बुद्धशान्ति गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापाले २०४...

झापाको बुद्धशान्ति गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि आफ्नो नाममा जग्गाधनी पुर्जा पाएका छन्।

जिल्ला भूमि समस्या समाधान समिति झापाले २०४७ सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।

लामो समयदेखि जग्गाको स्वामित्वविहीन रहेका परिवार पुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन्। समितिका अनुसार वितरण गरिएको जग्गामध्ये केही आवासीय र केही कृषि प्रयोजनका लागि रहेको छ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गरी उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने उद्देश्यले लालपुर्जा वितरणलाई अघि बढाइएको समितिले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार