मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

५ वर्षमै ‘डिजिटल हब’ बनाउने गगन थापाको घोषणा, ४ खर्ब आईटी निर्यात र २ लाख रोजगारीको लक्ष्य

स
समाचार कक्ष
२०२६ फेब्रुअरी १६
6
0
५ वर्षमै ‘डिजिटल हब’ बनाउने गगन थापाको घोषणा, ४ खर्ब आईटी निर्यात र २ लाख रोजगारीको लक्ष्य
सारांश
काठमाडौं । गगन थापा ले नेपाललाई आगामी पाँच वर्षभित्रै क्षेत्रीय डिजिटल हबका रूपमा स्थापित गर्ने लक्ष्यसहित विस्तृत रोडम्याप सार्वजनिक गरेका छन्। भिडिय...

काठमाडौं । गगन थापाले नेपाललाई आगामी पाँच वर्षभित्रै क्षेत्रीय डिजिटल हबका रूपमा स्थापित गर्ने लक्ष्यसहित विस्तृत रोडम्याप सार्वजनिक गरेका छन्। भिडियो सन्देशमार्फत उनले सूचना प्रविधि क्षेत्रमा केन्द्रित सुधारले छोटो अवधिमै ठूलो आर्थिक रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गरे।

उनका अनुसार दृढ इच्छाशक्ति र स्पष्ट नीतिसहित अघि बढे पाँच वर्षमै उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ। उनले करिब चार खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्न सकिने र दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिने दाबी गरेका छन्।

केही समयअघि कीर्तिपुरमा आयोजित एक कार्यक्रममा ल्यापटपबाटै मासिक ३–४ लाख रुपैयाँ आम्दानी सम्भव हुने अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भए पनि थापाले त्यसलाई योजनाबद्ध सोचको हिस्सा भएको स्पष्ट पारे। अघिल्लो सरकारका पालामा अध्यादेशमार्फत गरिएका साना नीतिगत सुधारले पनि सकारात्मक संकेत देखाएको उल्लेख गर्दै उनले अब थप संरचनागत र दीर्घकालीन सुधार आवश्यक रहेको बताए।

सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ का रूपमा अघि बढाउने अवधारणा प्रस्तुत गर्दै उनले पाँच वर्षभित्रै करिब चार खर्ब रुपैयाँको आईटी सेवा निर्यात गर्ने लक्ष्य दोहोर्‍याए।

प्रस्तावित योजनाअनुसार दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने तथा ३ देखि ५ कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गराउने लक्ष्य राखिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार