मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

स
समाचार कक्ष
२०२६ अप्रिल ८
7
0
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
सारांश
काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वीर अस्पताल मा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोग...

काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले दाहालविरुद्ध ९३ हजार ८५० रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।

आयोगका अनुसार विभिन्न सप्लायर्स तथा ठेकेदारहरूको बिल भुक्तानी गर्ने क्रममा दाहालले घुस लिएको उजुरीपछि टंगालबाट खटिएको टोलीले उनलाई नगद १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी प्रक्रियालाई सहज बनाइदिने नाममा विभिन्न कम्पनीका प्रतिनिधिहरूसँग मोलमोलाई गरी घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार