मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

वीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘मानव सहायता कल्याण कोष’ घोषणा, एकल महिला र बालबालिकालाई सहयोग गरिने

स
समाचार कक्ष
२०२६ जुलाई २२
6
0
वीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘मानव सहायता कल्याण कोष’ घोषणा, एकल महिला र बालबालिकालाई सहयोग गरिने
सारांश
काठमाडौं, ६ साउन — नेपाली कांग्रेसले पार्टीका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको स्मृति दिवसको अवसरमा ‘मान...

काठमाडौं, ६ साउन — नेपाली कांग्रेसले पार्टीका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको स्मृति दिवसको अवसरमा ‘मानव सहायता कल्याण कोष’ स्थापना गर्ने घोषणा गरेको छ।

कोषको घोषणा गर्दै कांग्रेस सभापति गगन थापाले उक्त कोषमार्फत घरबारविहीन भएका एकल महिला तथा बालबालिकालाई आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराइने जानकारी दिए।

उनका अनुसार प्रारम्भिक चरणमा पार्टीका सदस्यहरूबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ कोषमा जम्मा गरिएको छ। आगामी दिनमा सहयोग रकम थप विस्तार गर्दै कोषलाई दीर्घकालीन रूपमा सञ्चालन गरिने उनले बताए।

सभापति थापाले कोषको सञ्चालन प्रक्रिया, कार्यविधि तथा पार्टीका समसामयिक राजनीतिक विषय र आगामी अभियानबारे विस्तृत जानकारी बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममा सार्वजनिक गरिने जानकारी दिए।

नेपाली कांग्रेसले वीपी स्मृति दिवसको अवसरमा राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरी हाल सञ्चालनमा रहेको ‘जरा अभियान’ को समापन गर्दै नयाँ राजनीतिक तथा सामाजिक कार्यक्रमहरूको समेत घोषणा गर्ने जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार