मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

उपसभामुख चयनको तयारी: राप्रपामा उम्मेदवारबारे तीव्र छलफल

स
समाचार कक्ष
२०२६ अप्रिल ९
7
0
उपसभामुख चयनको तयारी: राप्रपामा उम्मेदवारबारे तीव्र छलफल
सारांश
काठमाडौँ, २६ चैत - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुख पदका लागि उम्मेदवार चयन गर्न आन्तरिक छलफलमा जुटेको छ। राप्रपाका संसदीय दलका न...

काठमाडौँ, २६ चैत - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुख पदका लागि उम्मेदवार चयन गर्न आन्तरिक छलफलमा जुटेको छ।

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उम्मेदवारको टुंगो अझै लाग्न बाँकी रहेको जानकारी दिएका छन्।

यसअघि सभामुख पदमा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन्। उपसभामुख पदका लागि भने महिला सांसदले मात्र उम्मेदवारी दिन पाउने व्यवस्था रहेको छ।

प्रतिनिधिसभामा राप्रपाका कुल पाँच सांसद रहेका छन्, जसमा खुस्वु ओली र सरस्वती लामा महिला सांसद हुन् र सम्भावित उम्मेदवारका रूपमा हेरिएका छन्।

संघीय संसद् सचिवालय का अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। उम्मेदवारको अन्तिम सूची आजै दिउँसो साढे २ बजे सार्वजनिक गरिनेछ भने भोलि शुक्रबार निर्वाचन हुने कार्यक्रम छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार