मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

उज्यालो पार्टीबाट डकेन्द्रको बहिर्गमन, पहिचानवादी मोर्चा पुनर्जीवित गर्ने घोषणा

स
समाचार कक्ष
२०२६ जनवरी २२
4
0
उज्यालो पार्टीबाट डकेन्द्रको बहिर्गमन, पहिचानवादी मोर्चा पुनर्जीवित गर्ने घोषणा
सारांश
काठमाडौं, ८ माघ - पहिचानवादी आन्दोलनका नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। थेगिमसँगै केन्द...

काठमाडौं, ८ माघ - पहिचानवादी आन्दोलनका नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। थेगिमसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग हुने निर्णय गरेका हुन्। तीनै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै

पहिचानसम्बन्धी मुद्दामा पार्टीले स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसकेको जनाउँदै, यस्तो अवस्थामा पार्टीमा रहनु नैतिक रूपमा उपयुक्त नभएको बताएका छन्।

इलाममा सम्पन्न उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थेगिम उज्यालो पार्टीको समानुपातिक बन्दसूचीमा समेत समावेश थिए।

पार्टी परित्यागपछि उनीहरूले पहिचानवादी मोर्चालाई पुनः सक्रिय र विस्तार गर्दै आन्दोलनलाई सशक्त बनाउन संगठित संरचना निर्माण गर्ने घोषणा गरेका छन्। साथै, आगामी निर्वाचनका लागि राजनीतिक दलहरूलाई पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र पूर्ण समानुपातिक प्रणालीप्रति स्पष्ट प्रतिबद्धता जनाउन दबाब दिने निर्णय गरिएको छ।

उनीहरूले ‘नो कोशी’ र ‘नो केबलकार’ अभियानअन्तर्गत मुक्कुमलुङ, खुवालुङ, बोझेनीलगायत धार्मिक तथा सांस्कृतिक स्थलमाथि भइरहेको अतिक्रमणविरुद्ध सशक्त प्रतिरोध गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

निर्वाचन नजिकिँदै गर्दा आफ्ना माग सम्बोधन नभए ‘नो भोट’ अभियान सञ्चालन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार