मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

धनुषा–१ को मतपरिणाम रोकियो: सर्वोच्चको आदेश नआएसम्म नतिजा सार्वजनिक नहुने

स
समाचार कक्ष
२०२६ मार्च ८
6
0
धनुषा–१ को मतपरिणाम रोकियो: सर्वोच्चको आदेश नआएसम्म नतिजा सार्वजनिक नहुने
सारांश
जनकपुरधाम - निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मतपरिणाम तत्काल सार्वजनिक नगर्न निर्देशन दिएको छ। आयोगले जारी ...

जनकपुरधाम - निर्वाचन आयोगले धनुषा जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मतपरिणाम तत्काल सार्वजनिक नगर्न निर्देशन दिएको छ।

आयोगले जारी गरेको पत्रमा उम्मेदवारी खारेजीसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै अदालतबाट अन्तिम आदेश नआएसम्म नतिजा घोषणा नगर्न भनिएको छ।

आयोगको बैठकले गरेको निर्णयअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई लिखित रूपमा मतपरिणाम घोषणा स्थगित गर्न निर्देशन पठाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार उक्त मुद्दा सर्वोच्च अदालतमा दर्ता भई सुनुवाइ प्रक्रियामा रहेकोले अदालतको निर्णय आएपछि मात्र थप प्रक्रिया अघि बढाइनेछ। यसबारे प्रदेश निर्वाचन कार्यालय धनुषालाई पनि जानकारी गराइसकिएको छ।

मतदानअघि मौन अवधि सुरु भएकै दिन फागुन १९ गते आयोगले परेको उजुरीका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि सोही दिन साहले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार