मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा, डलर खातामा पनि करोडौँ रकम

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर १५
3
0
दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा, डलर खातामा पनि करोडौँ रकम
सारांश
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अन...


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा रहेको कोषको खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ।

त्यस्तै, कोषका अन्य दुईवटा बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ३७ लाख ६ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ।

यसअघि कोषबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत तथा व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।

दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार, पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनमा प्रयोग गरिँदै आएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार