मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

देशका पहाडी क्षेत्रमा असिनासहित वर्षा, साँझबाट मौसममा क्रमिक सुधार हुने संकेत

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २४
7
0
देशका पहाडी क्षेत्रमा असिनासहित वर्षा, साँझबाट मौसममा क्रमिक सुधार हुने संकेत
सारांश
काठमाडौँ - मंगलबार अपराह्नदेखि देशका विभिन्न पहाडी तथा हिमाली भू-भागमा असिनासहित वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान म...

काठमाडौँ - मंगलबार अपराह्नदेखि देशका विभिन्न पहाडी तथा हिमाली भू-भागमा असिनासहित वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका केही पहाडी र हिमाली जिल्लाहरूमा असिना पानी परिरहेको छ।

विशेषगरी काठमाडौं, ओखलढुंगा लगायतका जिल्लाका केही स्थानमा असिनासहितको वर्षा भएको विभागले जनाएको छ। मौसम प्रणालीको प्रभाव क्रमशः कमजोर बन्दै गएकाले आगामी २-३ घण्टाभित्र मौसममा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।

विभागले असिनासहितको वर्षाबाट कृषिजन्य गतिविधि तथा दैनिक जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ|

साझा गर्नुहोस्:

सम्बन्धित समाचार