मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

'६५८ दिनदेखि प्रमाणको पर्खाइ’- फागुन २१ मा मतपत्रबाटै जवाफ दिन रवि लामिछानेको आह्वान

स
समाचार कक्ष
२०२६ फेब्रुअरी २७
7
0
'६५८ दिनदेखि प्रमाणको पर्खाइ’- फागुन २१ मा मतपत्रबाटै जवाफ दिन रवि लामिछानेको आह्वान
सारांश
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले सहकारी बचत रकम अपचलन प्रकरणमा आफूविरुद्ध प्रमाण रहेको दाबी गरिएको ६ सय ५८ दि...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी बचत रकम अपचलन प्रकरणमा आफूविरुद्ध प्रमाण रहेको दाबी गरिएको ६ सय ५८ दिन बितिसकेको भन्दै गगन थापा प्रति व्यंग्य प्रहार गरेका छन्।

शुक्रबार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूविरुद्ध प्रमाण रहेको भनाइ लामो समयदेखि दोहोरिँदै आएको उल्लेख गरे। “ममाथि प्रमाण छ भनिएको ६५८ दिन पुगेछ, अब प्रमाण चाहिँदैन,” उनले भने, “मेरो अन्तिम इच्छा के हो भनेर धेरैपटक सोधिएको छ, त्यसको जवाफ फागुन २१ गते मतपत्रमार्फत दिनुहोस्।”

सभापति लामिछानेले मतदातालाई आगामी निर्वाचनमा रास्वपालाई बहुमतसहित विजयी गराउन आग्रह गर्दै पाँच वर्षका लागि स्पष्ट जनादेश दिन अपिल गरे।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार