मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

२६ दिनमै गृहमन्त्री पदबाट बाहिरिए सुधन गुरुङ: लगानी विवादपछि राजीनामा

स
समाचार कक्ष
२०२६ अप्रिल २२
7
0
२६ दिनमै गृहमन्त्री पदबाट बाहिरिए सुधन गुरुङ: लगानी विवादपछि राजीनामा
सारांश
काठमाडौं । गृहमन्त्री बनेको केवल २६ दिनमै सुधन गुरुङ ले गृह मन्त्रालयबाट राजीनामा दिएका छन्। लगानी र व्यापारिक सम्बन्धसम्बन्धी विवाद चर्किएपछि उनले पद...

काठमाडौं । गृहमन्त्री बनेको केवल २६ दिनमै सुधन गुरुङले गृह मन्त्रालयबाट राजीनामा दिएका छन्। लगानी र व्यापारिक सम्बन्धसम्बन्धी विवाद चर्किएपछि उनले पद छोडेका हुन्।

गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए। पदभार सम्हालेपछि उनले ‘ठूला माछा’ विरुद्ध कडा कारबाही गर्ने अभिव्यक्तिसहित सक्रिय भूमिका देखाएका थिए। तर केही दिनमै उनी आफ्नै लगानीसम्बन्धी विवादमा तानिएपछि आलोचनाको केन्द्र बने।

विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनको राजीनामाको माग तीव्र बनेको थियो। चौतर्फी दबाब बढ्दै गएपछि उनले बुधबार पदबाट अलग हुने निर्णय गरेका हुन्।

उनको लगानी लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा रहेको खुलेपछि थप प्रश्न उठेका थिए। अन्ततः बढ्दो विवादबीच उनले छोटो कार्यकालमै मन्त्रालय छोडेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार