मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

दाङ-२ मा राजनीतिक तरंग: प्रलोपा उम्मेदवार प्रतिक अधिकारी नेकपामा प्रवेश

स
समाचार कक्ष
२०२६ फेब्रुअरी १९
5
0
दाङ-२ मा राजनीतिक तरंग: प्रलोपा उम्मेदवार प्रतिक अधिकारी नेकपामा प्रवेश
सारांश
रुपन्देही। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट दाङ-२ मा उम्मेदवार बनेका प्रतिक अधिकारीले पार्टी त्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकप...

रुपन्देही। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट दाङ-२ मा उम्मेदवार बनेका प्रतिक अधिकारीले पार्टी त्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

प्रलोपाले अधिकारीको उम्मेदवारी निष्क्रिय पार्दै शंकर पोखरेल लाई समर्थन गर्ने निर्णय गरेपछि उनी असन्तुष्ट बनेका थिए। उक्त निर्णयपछि अधिकारी नेकपामा आबद्ध भएका हुन्।

उनीलाई दाङ-२ का नेकपा उम्मेदवार निर्मल आचार्य तथा समानुपातिक उम्मेदवार भीमकुमारी बुढा ले पार्टीमा स्वागत गरेका थिए।

यसअघि एमालेसँग भएको समझदारीअनुसार प्रलोपाले दाङमा एमाले उम्मेदवारलाई सघाउने निर्णय गर्दै अधिकारीको उम्मेदवारी फिर्ता लिएको थियो। नेकपा एमाले र प्रलोपा बीच कर्णाली तथा लुम्बिनी प्रदेशका केही जिल्लामा एक-अर्कालाई समर्थन गर्ने सहमति भएको बताइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार