मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

दलित मुद्दामा बेवास्ता र वैचारिक अन्योलको आरोप: राप्रपा छाडे केन्द्रीय नेता ऋषिबाबु परियार

स
समाचार कक्ष
२०२६ मार्च २५
6
0
दलित मुद्दामा बेवास्ता र वैचारिक अन्योलको आरोप: राप्रपा छाडे केन्द्रीय नेता ऋषिबाबु परियार
सारांश
काठमाडौं, ११ चैत - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टीसँगको आफ्नो सम्बन्ध अन्त्य गरेका छन्। उनले नैतिक ज...

काठमाडौं, ११ चैत - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टीसँगको आफ्नो सम्बन्ध अन्त्य गरेका छन्। उनले नैतिक जिम्मेवारी लिँदै साधारण सदस्यता समेत परित्याग गर्ने घोषणा गरेका हुन्।

परियारले पार्टी त्याग्नुको कारण खुलाउँदै राप्रपाले राजसंस्थाको एजेन्डा अघि सारे पनि व्यवहारमा त्यसअनुसार नचल्ने गरेको बताएका छन्। साथै, दलित समुदायका मुद्दाप्रति पार्टी गम्भीर नदेखिएको उनको आरोप छ। समानुपातिक प्रतिनिधित्वमा दलितलाई समेट्न सकिने अवसर हुँदाहुँदै पनि उपेक्षा गरिएको उनले उल्लेख गरेका छन्।

केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका परियारले पार्टीभित्र स्पष्ट राजनीतिक दृष्टिकोण र वैचारिक एकता अभाव रहेको दाबी गरेका छन्। उनका अनुसार राजसंस्थालाई केवल राजनीतिक साधनका रूपमा प्रयोग गरिएको, पुनर्स्थापनाको अभियान कमजोर बनाइएको र इमानदार नेता तथा कार्यकर्तामाथि पक्षपातपूर्ण व्यवहार हुँदै आएको छ।

परियार राप्रपामा केन्द्रीय सदस्य, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय निर्देशन समिति सदस्य तथा उत्पीडित दलित संगठनका वरिष्ठ नेताका रूपमा सक्रिय थिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार