मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

दुई सातामै फेरि भाडा वृद्धि: सार्वजनिक यातायातमा ५% बढ्यो शुल्क

स
समाचार कक्ष
२०२६ अप्रिल २९
7
0
दुई सातामै फेरि भाडा वृद्धि: सार्वजनिक यातायातमा ५% बढ्यो शुल्क
सारांश
काठमाडौँ, वैशाख १६ - इन्धनको मूल्य वृद्धि भएसँगै यातायात व्यवस्था विभाग ले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ। विभागका अनुसार अन्तरप्रदेशमा ...

काठमाडौँ, वैशाख १६ - इन्धनको मूल्य वृद्धि भएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ। विभागका अनुसार अन्तरप्रदेशमा सञ्चालन हुने सवारीसाधनमा लागू हुने गरी भाडा ५ प्रतिशतले वृद्धि गरिएको हो।

नयाँ भाडादर बुधबारदेखि नै कार्यान्वयनमा आएको छ। यसअन्तर्गत अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक तथा तराई क्षेत्रमा चल्ने मालवाहक सवारीमा समान रूपमा ५–५ प्रतिशतका दरले भाडा समायोजन गरिएको छ।

यसअघि पनि गत चैत २५ गते भाडा वृद्धि गरिएको थियो। पछिल्लो निर्णयका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैशाख १२ मा स्वीकृति दिएको विभागले जनाएको छ।

हाल डिजेलको मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ, जसका कारण भाडा समायोजन गर्नुपरेको विभागको भनाइ छ। यद्यपि, विद्युतीय सवारीसाधनलाई भने भाडा वृद्धि नगर्न स्पष्ट निर्देशन दिइएको छ। नियम उल्लंघन गरी भाडा बढाएमा कारबाही गरिने विभागले चेतावनी दिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार