मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

ट्रम्पको सम्बोधनसँगै तेल बजारमा उछाल, ब्रेन्ट क्रुड १०५ डलर नाघ्यो

स
समाचार कक्ष
२०२६ अप्रिल २
6
0
ट्रम्पको सम्बोधनसँगै तेल बजारमा उछाल, ब्रेन्ट क्रुड १०५ डलर नाघ्यो
सारांश
काठमाडौं, १९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी द्वन्द्वबारे ह्वाइट हाउसमा गरेको सम्बोधनपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उल...

काठमाडौं, १९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी द्वन्द्वबारे ह्वाइट हाउसमा गरेको सम्बोधनपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।

बीबीसीका अनुसार, करिब १०० डलर प्रति ब्यारेलको आसपासमा रहेको बेन्चमार्कब्रेन्ट क्रुडको मूल्य ट्रम्पको सम्बोधनकै क्रममा उतार–चढाव देखिएको थियो। सम्बोधन समाप्त भएलगत्तै भने मूल्य तीव्र रूपमा बढेको रिपोर्टमा उल्लेख छ।

समाचारअनुसार, ब्रेन्ट क्रुडको मूल्य करिब ४ प्रतिशतले वृद्धि हुँदै १०५.३८ डलर प्रति ब्यारेल पुगेको छ। सम्बोधनअघि होर्मुज स्ट्रेट सम्बन्धी कुनै महत्वपूर्ण घोषणा आउने अनुमान गरिएको थियो।

तर, उक्त विषयमा स्पष्ट जानकारी नआएपछि बजारमा अनिश्चितता बढ्दै तेलको मूल्य उकालो लागेको बताइएको छ। होर्मुज स्ट्रेट विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो, जहाँबाट विश्वको करिब २० प्रतिशत ऊर्जा आपूर्ति हुने गर्दछ।

फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि यो मार्ग लगभग अवरुद्ध भएको छ। इरानले अमेरिकी–इजरायली हवाई हमलाको जवाफस्वरूप होर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्न सक्ने चेतावनी दिँदै आएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार