मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

स्याङ्जामा तीन महिनामै ४३९ जनामा स्क्रब टाइफस, वालिङमा मात्रै २४४ संक्रमित

admin
admin
3 दिन अगाडि
52
160
स्याङ्जामा तीन महिनामै ४३९ जनामा स्क्रब टाइफस, वालिङमा मात्रै २४४ संक्रमित
सारांश

स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा...

स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो।

स्थानीय तहमध्ये वालिङ नगरपालिकामा सबैभन्दा धेरै संक्रमण देखिएको छ। वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ।

त्यस्तै कालीगण्डकी गाउँपालिकामा ९४, चापाकोट नगरपालिकामा ३७ र अर्जुनचौपारी गाउँपालिकामा २५ जनामा संक्रमण देखिएको छ। भीरकोटमा १७, गल्याङमा १६ र पुतलीबजारमा ६ जनामा संक्रमण पुष्टि भएको छ।

फेदीखोला, आँधीखोला, बिरुवा र हरिनास गाउँपालिकामा भने पछिल्ला तीन महिनामा स्क्रब टाइफस संक्रमणको संख्या शून्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा संक्रमणको संख्या बढ्दो क्रममा रहेको छ। वर्षायाम तथा वर्षापछिको समयमा स्क्रब टाइफसको जोखिम बढी हुने भएकाले ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लगायतका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार