मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

श्रीमानकै नक्कली हस्ताक्षर गरेर ५० लाख ऋण, श्रीमतीसहित दुई जना पक्राउ

स
समाचार कक्ष
२०२६ मे १०
6
0
श्रीमानकै नक्कली हस्ताक्षर गरेर ५० लाख ऋण, श्रीमतीसहित दुई जना पक्राउ
सारांश
२७ वैशाख, कास्की । पोखरामा जग्गा धितो राखेर किर्ते कागजातमार्फत ५० लाख रुपैयाँ ऋण निकालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ...

२७ वैशाख, कास्की । पोखरामा जग्गा धितो राखेर किर्ते कागजातमार्फत ५० लाख रुपैयाँ ऋण निकालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनकी ४४ वर्षीया वन्ती शाही र सुर्खेतको चौकुने गाउँपालिका घर भई हाल पोखरा–१० बुद्धचोक बस्दै आएका ४४ वर्षीय भद्र थापा रहेका छन् ।

प्रहरीका अनुसार मोहनबहादुर शाहीको नाममा रहेको कित्ता नम्बर २४४४ र २४४७ को जग्गा धितो राख्न उनका हस्ताक्षर र सहीछाप किर्ते गरिएको थियो । उक्त कागजातका आधारमा सिद्धार्थ बैंकको तालचोक शाखाबाट ५० लाख रुपैयाँ ऋण निकालिएको बताइएको छ ।

घटनाबारे जाहेरी परेपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले वैशाख २५ गते दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

पक्राउ परेकामाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको छ । कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार