मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सेयर बजारमा निरन्तर पहिरो: नेप्से ४८ अंकले घट्दा झण्डै १३ अर्बको कारोबार

स
समाचार कक्ष
२०२६ मार्च ३०
6
0
सेयर बजारमा निरन्तर पहिरो: नेप्से ४८ अंकले घट्दा झण्डै १३ अर्बको कारोबार
सारांश
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली सेयर बजारमा पुनः ठूलो गिरावट देखिएको छ। नेप्से परिसूचक ४७.७१ अंकले घट्दै २८३१.३९ विन्दुमा झरेको छ। आज ३४१ ...

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली सेयर बजारमा पुनः ठूलो गिरावट देखिएको छ। नेप्से परिसूचक ४७.७१ अंकले घट्दै २८३१.३९ विन्दुमा झरेको छ।

आज ३४१ कम्पनीका ३ करोड १६ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा करिब १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारमा व्यापक गिरावट देखिँदा २३७ कम्पनीको सेयर मूल्य घटेको छ भने केवल २६ कम्पनीको मूल्य वृद्धि भएको छ। ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ।

बजार ओरालो लागे पनि केही कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिडी पावर कम्पनी र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै सुपर खुदी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ।

गुमाउने कम्पनीतर्फ सोलु हाइड्रोपावर अग्रस्थानमा रहँदै यसको मूल्य ७.७९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रहँदै ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। त्यस्तै ङादी ग्रुप पावर र शिवम सिमेन्टमा पनि उच्च कारोबार भएको छ।

राजनीतिक अन्योलता र सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा सरकारको सक्रियताले बजारमा नकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार