मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सेयर बजारमा हरियाली छायो, नेप्से ३८ अंकले उकालो लाग्दा कारोबार पनि बढ्यो

स
समाचार कक्ष
२०२६ मे ११
7
0
सेयर बजारमा हरियाली छायो, नेप्से ३८ अंकले उकालो लाग्दा कारोबार पनि बढ्यो
सारांश
काठमाडौँ - साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। नेप्से परिसूचक ३८.१९ अंकले बढ्दै २७८३ बिन्दुमा पुगेको छ, जुन दिनभरकै...

काठमाडौँ - साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। नेप्से परिसूचक ३८.१९ अंकले बढ्दै २७८३ बिन्दुमा पुगेको छ, जुन दिनभरकै उच्च विन्दु पनि हो।

बजार खुलेदेखि नै सकारात्मक लयमा देखिएको कारोबार अन्तिम समयसम्म कायम रह्यो। यसअघि शुक्रबार पनि नेप्सेमा २७ अंकको वृद्धि भएको थियो।

कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार यो रकम बढेर ४ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

आज २४७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ। सबै समूहगत सूचकहरू हरियालीमा देखिएका छन्। अन्य समूह सूचक सबैभन्दा धेरै २.११ प्रतिशतले बढेको हो।

यसैगरी बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स तथा व्यापार समूहका सूचकहरू पनि बढेका छन्।

व्यक्तिगत कम्पनीतर्फ फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै १४.१८ प्रतिशतले उकालो लागेको छ। त्यसपछि दोल्ती पावर, आत्मनिर्भर लघुवित्त र मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताले उल्लेख्य लाभ कमाएका छन्।

यता, त्रिशूली जलविद्युत्को सेयर मूल्य सबैभन्दा धेरै २.८७ प्रतिशतले घटेको छ। अघिल्लो कारोबार दिन भने यही कम्पनीको मूल्य १० प्रतिशतले बढेको थियो।

सोमबार सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, रिडी पावर र साहस ऊर्जा रहेका छन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार