मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

स्वास्थ्य सुधारको एजेन्डासहित रास्वपाको कदम: केन्द्रदेखि पालिकासम्म स्वास्थ्य विभाग विस्तार गरिने

स
समाचार कक्ष
२०२६ मे ६
6
0
स्वास्थ्य सुधारको एजेन्डासहित रास्वपाको कदम: केन्द्रदेखि पालिकासम्म स्वास्थ्य विभाग विस्तार गरिने
सारांश
काठमाडौं, २३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो स्वास्थ्य तथा जनसंख्या विभागलाई केन्द्रदेखि स्थानीय तहसम्म विस्तार गर्ने योजना अघि बढाएको छ। ...

काठमाडौं, २३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो स्वास्थ्य तथा जनसंख्या विभागलाई केन्द्रदेखि स्थानीय तहसम्म विस्तार गर्ने योजना अघि बढाएको छ।

पार्टीकी स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तोसिमा कार्कीका अनुसार विभागलाई देशव्यापी रूपमा विस्तार गर्दै नीतिगत सुधारका कामलाई तीव्रता दिइनेछ। उनले हाल अस्पतालहरूमा देखिने भीड, महँगो उपचार सेवा तथा गाउँस्तरमा स्वास्थ्यकर्मीको अभाव जस्ता समस्या उपचारको कमी नभई समग्र स्वास्थ्य प्रणालीकै कमजोरीको परिणाम भएको बताइन्।

उनका अनुसार रास्वपाले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यसहित विभागमार्फत विभिन्न नीतिगत पहलहरू अघि बढाइरहेको छ।

यस अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रका विज्ञ तथा दक्ष जनशक्तिको आवश्यकता रहेको बताउँदै कार्कीले डाक्टर, नर्स, जनस्वास्थ्य विज्ञ, स्वास्थ्य प्रविधि इन्जिनियर र व्यवस्थापकहरूलाई विभागमा आवद्ध हुन आह्वान गरेकी छन्।

उनले नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता पनि औंल्याइन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार