मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

स्वास्थ्य बीमामा देखिएको संकटबारे प्रधानमन्त्री कार्कीले बोलाइन् उच्चस्तरीय बैठक

स
समाचार कक्ष
२०२६ फेब्रुअरी ४
6
0
स्वास्थ्य बीमामा देखिएको संकटबारे प्रधानमन्त्री कार्कीले बोलाइन् उच्चस्तरीय बैठक
सारांश
२१ माघ, काठमाडौं । स्वास्थ्य बीमामा देखिएका समस्याप्रति प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्। सो विषयमा छलफल गर्न उनले बुधबार सरोकारवाल...

२१ माघ, काठमाडौं । स्वास्थ्य बीमामा देखिएका समस्याप्रति प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्। सो विषयमा छलफल गर्न उनले बुधबार सरोकारवाला निकायहरूको बैठक आह्वान गरेकी हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो १ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकमा स्वास्थ्य बीमा प्रणालीमा देखिएका अवरोध, भुक्तानी समस्या र सेवा निरन्तरताका विषयमा छलफल हुने जनाइएको छ।

रकम अभावका कारण सबै बिरामीले स्वास्थ्य बीमाको सेवा लिन नसकेको अवस्था देखिएको छ। यसैबीच, देशका केही ठूला अस्पतालहरूले बीमा सेवामा समस्या आएको भन्दै सार्वजनिक सूचना जारी गरेका छन्।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा बोर्डबाट करिब ४० करोड रुपैयाँ भुक्तानी प्राप्त नभएकाले बीमाअन्तर्गतको सेवा दिन असमर्थ रहेको जानकारी गराएको थियो।

यस्तै समस्या अन्य अस्पतालहरूमा पनि देखिन थालेपछि स्वास्थ्य बीमा बोर्डले गत सोमबार सूचना जारी गर्दै एक आर्थिक वर्षमा बहिरंग (ओपिडी) सेवाअन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा उपलब्ध गराइने व्यवस्था गरेको जनाएको छ। बोर्डका अनुसार त्यसपछि मात्रै अस्पताल भर्ना, प्रयोगशाला परीक्षण तथा आकस्मिक उपचार सेवा लागू हुनेछ। उक्त व्यवस्था आगामी १ फागुनदेखि कार्यान्वयनमा आउनेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार