मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आठ जटिल रोगका बिरामीलाई अब २ लाख उपचार सहायता

स
समाचार कक्ष
२०२५ जुलाई ११
3
0
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आठ जटिल रोगका बिरामीलाई अब २ लाख उपचार सहायता
सारांश
स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकहरूले अब आठ प्रकारका जटिल रोगका उपचारमा पहिलाभन्दा दोब्बर , अर्थात् २ लाख रुपैयाँसम्मको सहायता प्राप्त गर्ने भए...

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकहरूले अब आठ प्रकारका जटिल रोगका उपचारमा पहिलाभन्दा दोब्बर, अर्थात् २ लाख रुपैयाँसम्मको सहायता प्राप्त गर्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यस निर्णयमार्फत आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्ने उद्देश्य लिएका छन्।

मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “कडा रोग लागेर उपचार खर्च जुटाउन नसक्ने नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाख रुपैयाँसम्मको उपचार सुविधा प्रदान गरिनेछ।”

यी ८ रोगमा सुविधा लागू

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अब क्यान्सर, मुटु रोग, मृगौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, र अल्जाइमर रोगका बिरामीले २ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन्।

मन्त्री पौडेलले यसअघि सार्वजनिक रूपमा उक्त सुविधा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोहीअनुसार स्वास्थ्य मन्त्रालयले बीमा बोर्डलाई पत्राचार गरेको थियो। मंगलबार राति बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले यो निर्णय पारित गरेको हो। निर्णय साउन १ गतेदेखि औपचारिक रूपमा लागू हुनेछ।

यो निर्णयले विशेषगरी दीर्घरोगी, विपन्न र उपचारमा पहुँच नपुगेका नागरिकलाई राहत पुर्‍याउने विश्वास लिइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार