मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

संसदमा फेरि अनुपस्थित प्रधानमन्त्री बालेन, सांसदका प्रश्नको जवाफ स्वर्णिम वाग्लेलाई जिम्मा

स
समाचार कक्ष
२०२६ मे १३
6
0
संसदमा फेरि अनुपस्थित प्रधानमन्त्री बालेन, सांसदका प्रश्नको जवाफ स्वर्णिम वाग्लेलाई जिम्मा
सारांश
प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने भएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त...

प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने भएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले नदिई अर्थमन्त्री स्वर्णिम वाग्ले मार्फत दिने तयारी गरिएको हो ।

अर्थमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको तर्फबाट सांसदहरूको जिज्ञासाको जवाफ अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्नेछन् । यसअघि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा भने प्रधानमन्त्री शाह स्वयंले संसदमा जवाफ दिने उल्लेख गरिएको थियो ।

प्रधानमन्त्री बनेपछि बालेन्द्र शाहले हालसम्म संसदमा औपचारिक सम्बोधन नगरेको विषयले राजनीतिक वृत्तमा चर्चा बढाएको छ । नेपालको संसदीय अभ्यासमा प्रधानमन्त्रीले लामो समयसम्म संसदमा सम्बोधन नगरेको घटना विरलै देखिने भएकाले यसलाई चासोका साथ हेरिएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार