मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

संसद्मा अनुशासन कडा बनाउँदै ओली: “पार्टीको लाइन मात्रै बोल्नू, आफ्नै डम्फु बजाउन पाइँदैन

स
समाचार कक्ष
२०२६ मार्च २६
6
0
संसद्मा अनुशासन कडा बनाउँदै ओली: “पार्टीको लाइन मात्रै बोल्नू, आफ्नै डम्फु बजाउन पाइँदैन
सारांश
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई संसद्मा व्यक्तिगत धारणा नभई पार्टीको आधिकारिक विचार मात्रै प्रस्तुत गर्न निर्दे...

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई संसद्मा व्यक्तिगत धारणा नभई पार्टीको आधिकारिक विचार मात्रै प्रस्तुत गर्न निर्देशन दिएका छन्।

बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै ओलीले सांसदहरूले आफ्नो इच्छाअनुसार अभिव्यक्ति दिन नपाइने स्पष्ट पारे।

उनले भने, “संसद्मा पार्टीले अघि सारेका विचारहरू नै प्रस्तुत गर्नुपर्छ, व्यक्तिगत सोचका आधारमा बोल्ने कुरा हुँदैन।”

ओलीले पार्टीले संसदीय भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने उल्लेख गर्दै भ्रम फैलाउनेभन्दा जनतालाई सचेत बनाउने जिम्मेवारीमा केन्द्रित हुनुपर्ने बताए।

पार्टीभित्र एकता कायम राख्नुपर्नेमा जोड दिँदै उनले प्रतिकूल परिस्थितिमा आन्तरिक विवाद सिर्जना गर्नु उपयुक्त नहुने धारणा राखे।

“पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्छ, अहिलेको आवश्यकता पनि त्यही हो,” उनले भने।

साथै, उनले सांसदहरूलाई अनुशासनमा रही पार्टीको नीति र निर्णयअनुसार संसद्मा भूमिका निर्वाह गर्न निर्देशन दिँदै “हामी आफूखुसी डम्फु बजाउन त्यहाँ पुगेका होइनौँ” भन्ने टिप्पणीसमेत गरे।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार