मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सर्लाहीमा स्रोत नखुलेको ८ लाखसहित दुई जना पक्राउ, भारतबाट ल्याइएको आशंका

स
समाचार कक्ष
२०२६ अप्रिल १२
7
0
सर्लाहीमा स्रोत नखुलेको ८ लाखसहित दुई जना पक्राउ, भारतबाट ल्याइएको आशंका
सारांश
काठमाडौँ । सर्लाहीमा प्रहरीले स्रोत नखुलेको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। नियमित गस्तीमा खटिएको प्रहरी टोलीले ब्रहम्पुरी गाउँपालिका–४ क्षेत्...

काठमाडौँ । सर्लाहीमा प्रहरीले स्रोत नखुलेको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। नियमित गस्तीमा खटिएको प्रहरी टोलीले ब्रहम्पुरी गाउँपालिका–४ क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही गाउँपालिका–१ का ४१ वर्षीय शिवनारायण महतो रहेका छन्।

प्रहरीका अनुसार भारतबाट मोटरसाइकलमार्फत आएका उनीहरूको शरीर खानतलासी गर्दा आठ लाख रुपैयाँ नगद फेला परेको हो।

बरामद रकमको स्रोत खुल्न नसकेपछि दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार