मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सिन्धुपाल्चोकमा बाख्रापालन फार्ममा आगलागी, ५० बाख्रा जलेर मृत्यु

स
समाचार कक्ष
२०२५ अगस्ट २७
3
0
सिन्धुपाल्चोकमा बाख्रापालन फार्ममा आगलागी, ५० बाख्रा जलेर मृत्यु
सारांश
११ भदौ, काभ्रेपलाञ्चोक — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक बाख्रापालन फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० बाख्रा जलेर म...

११ भदौ, काभ्रेपलाञ्चोक — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक बाख्रापालन फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० बाख्रा जलेर मरेका छन्। आगलागीमा परी एक व्यक्ति घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार बिहान करिब ८:३० बजे विमला श्रेष्ठको नाममा दर्ता गरिएको विदान विधि कृषि पशुपन्छी फार्ममा करेन्ट सर्ट भएर आगलागी भएको हो। फार्ममा रहेका ८५ बाख्रामध्ये ५० मरेका, ६ घाइते भएका र २९ वटाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

आगो नियन्त्रण गर्ने क्रममा स्थानीय ४४ वर्षीय चुडामणी श्रेष्ठ घाइते भएका छन्। टाउको र हातमा चोट लागेका उनलाई चौतारा अस्पतालमा उपचार गरिँदैछ।

स्थानीयबासी र सुरक्षाकर्मीहरूको सहकार्यमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीको भनाइ छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार