मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

सिन्धुलीमा चट्याङको कहर : घाँस काट्न गएका वृद्धको ज्यान गयो

स
समाचार कक्ष
२०२६ मे १०
7
0
सिन्धुलीमा चट्याङको कहर : घाँस काट्न गएका वृद्धको ज्यान गयो
सारांश
२७ वैशाख, काभ्रेपलाञ्चोक । सिन्धुलीमा शनिबार साँझ परेको चट्याङका कारण एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार दुधौली न...

२७ वैशाख, काभ्रेपलाञ्चोक । सिन्धुलीमा शनिबार साँझ परेको चट्याङका कारण एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार दुधौली नगरपालिका–४ पाखाभित्ताका ७० वर्षीय पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर ज्यान गएको हो ।

मकैबारीमा घाँस काट्न गएका बुढाथोकी अचानक बोल्न नसक्ने अवस्थामा ढलेका थिए । स्थानीयले जानकारी दिएपछि इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरेको थियो ।

घाइते अवस्थामै उपचारका लागि नगर अस्पताल सिर्थौली पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार