मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सुनमा नयाँ उकालो: प्रतितोला १ हजार १०० रुपैयाँ वृद्धि, चाँदी पनि महँगियो

स
समाचार कक्ष
२०२६ फेब्रुअरी ११
7
0
सुनमा नयाँ उकालो: प्रतितोला १ हजार १०० रुपैयाँ वृद्धि, चाँदी पनि महँगियो
सारांश
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार १००...

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको हो।

महासंघले जनाएअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार यही सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ६२ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि अघिल्लो दिन यसको मूल्य प्रतितोला ५ हजार २४० रुपैयाँ थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतार-चढावका आधारमा नेपाली बजारमा सुन तथा चाँदीको दैनिक मूल्य निर्धारण गरिने गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार