मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सुनमा लगातार गिरावट, चाँदीमा चमक: आज तोलामा ९ सय रुपैयाँले घट्यो सुनको भाउ

स
समाचार कक्ष
२०२६ फेब्रुअरी १७
6
0
सुनमा लगातार गिरावट, चाँदीमा चमक: आज तोलामा ९ सय रुपैयाँले घट्यो सुनको भाउ
सारांश
काठमाडौँ। नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको ...

काठमाडौँ। नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै मंगलबार छापावाल सुनको कारोबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ। सोमबार सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको थियो। पछिल्ला दुई दिनयता सुनको मूल्य निरन्तर घट्दो क्रममा देखिएको छ।

महासङ्घका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ८३० रुपैयाँ निर्धारण गरिएको छ।

यता, चाँदीको मूल्य भने बढेको छ। मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँले वृद्धि हुँदै ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको भाउ प्रतितोला ४ हजार ८६० रुपैयाँ थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ८८ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुन–चाँदीको मूल्यमा दैनिक परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार