१८ माघ, काठमाडौं - नेपाली बजारमा निरन्तर उच्च मूल्य कायम राख्दै आएको सुनको भाउ आइतबार अचानक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला १८,८०० रुपैयाँले घटेर आज ३ लाख रुपैयाँमा पुग्यो।
शुक्रबार सुनको मूल्य प्रतितोला ३,१८,८०० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार यो ३,३९,३०० रुपैयाँसम्म पुगेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ५,५०० रुपैयाँमा कारोबार भएको छ, जुन शुक्रबार ७,०६५ रुपैयाँ थियो।





