मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
अर्थ/व्यापार

सुनचाँदीमा नयाँ कीर्तिमान: सुन तोलामा ३ लाख १८ हजार नाघ्यो

स
समाचार कक्ष
२०२६ जनवरी २८
6
0
सुनचाँदीमा नयाँ कीर्तिमान: सुन तोलामा ३ लाख १८ हजार नाघ्यो
सारांश
काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको छ। एकैदिन सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च ...

काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको छ। एकैदिन सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य पनि ४३० रुपैयाँले बढेर तोलाको ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मङ्गलबार सुन तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विश्व बजारमा पनि बहुमूल्य धातुको मूल्य उकालो लागेको छ। आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार २०० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने त्यही परिमाणको चाँदीको मूल्य १११ अमेरिकी डलर पुगेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार